७ पुस, काठमाडौँ । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालयन गरकोटले क्रिस्टमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ ।
विशेष गरी नेपाली र नेपालमा बसी रहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली १० हजार मै एक जोडीले क्लब हिमालयन गरकोटमा मनोरमबसाई गर्न सक्नेछन् ।
यस अफर अन्तरगत९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर,१० गतेको लागि ब्रेकफास्ट, हट चक्लेटर कुकिज समावेश गरिएको छ ।
सान्टाद्धारा स्पेशल गिप्mटको रुपमा थप एक रात फ्रिमा कोठा उपलब्ध हुनेछ जसमा खाना समावेश गरिएको छैन । यस योजनामा शर्तहरु भने लागू हुनेछ ।
उच्च स्वास्थ्य सुरक्षाका साथपुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवादिदै आएको छ ।
नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालयन गरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालयएस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।