आर्थिक

नबिल करसहितको कुल ३५.२६ बैंकको बोनस शेयर तथा लाभांश घोषणा

७ पुस, काठमाडाैँ । ६ गते सम्पन्न नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२ औं बैठकले यस बैंकको आ.व. २०७६/७७ को मुनाफा मध्येबाट शेयर धनीहरुलाई कर सहितको कुल ३५.२६ लाभांश (३३.५ बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयर धनीहरूलाई वितरण गरिनेछ ।
बैंकले आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरु मध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३८ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ९ करोड रहेको छ । आ.व. २०७५/७६ माविय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमानबिल बैंक स्थापित भएको छ।यस बैंकले आधुनिकिकरणलाई आत्म साथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।