८ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति बिद्यदादेखी भण्डारीको प्रतिगमनकारी हर्कतबिरुद्ध लड्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अन्यथा ओली-भण्डारीको प्रतिगमनकारी हर्कतबिरुद्ध लड्न किन्तुपरन्त गरे आत्मघाती हने चेतावनी दिएका छन् ।
उनले संविधानका मूलमर्म र आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहने भन्दै नत्र न रहे बॉस न बजे बॉसुरी भनेजस्तै हुने टिप्पणी गरेका छन् । उनले संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय /भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो भनेका छन् ।
साथै उनको पार्टी जनता समाजवादीले ओलीले गरेको संसद विघटनको बिरुद्ध बिभिन्न बिरोध गर्ने समेत जनाएको बेला यस्तो धारणा सार्वजनीक भएको छ ।
उनको ट्वीटः संकटको वेला अर्जुनदृष्टि / एकलव्यध्येय / भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्मरआधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बॉस न बजे बॉसुरी हुनेछ । सबैलाई चेतना भया !