आर्थिक

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा सञ्चालन

१० पुस, काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौंजिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तीनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा पौष १० गते देखी विस्तारीत शाखा स्थापनागरि कारोबार शुभारम्भ गरेको छ । बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा.डा. घमान सिंह खड्काले संयुक्तरुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए ।
अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्कतथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्न सक्नुहुनेछ । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नुहनेछ । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान७: ३० बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्नुहुनेछ ।