आर्थिक

सुन कर्जा सम्बन्धमा आएको समाचार भ्रामकः महालक्ष्मी विकास बैंक

१० पुस, काठमाडौँ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखावाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति महालक्ष्मी विकास बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुन जाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुकाबिचमा बरबुझारथको कार्य हुँदाबिभिन्न सुन कर्जामा कैफियत देखिनगएको र त्यस्ता कैफियत देखिएकाकर्जाका सम्वन्धमातत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदनदिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजांचकी र सुन धितोराखीकर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियतहुनगएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुलउपर गरी पाउनप्रहरी प्रधानकार्यालय, केन्दि«य अनुसन्धानब्यूरोमाजाहेरी दरखास्तदिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भई रहेको ब्यहोरा जानकारी गराउछौ । उक्तप्रकरण अनुसन्धानको क्रममानै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्नअनलाईन तथा पत्र पत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथापूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेकोमायसप्रकारको गलत समाचारहरु प्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छान विनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनै पनि तथ्य विपरीतका समाचार प्रकाशन र प्रसारण नगरीदिनु हुन अनुरोध गर्दछौ ।
निक्षेकर्ता तथा शेयर धनीहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्दि«य अनुसन्धान ब्यूरोमा जाहेरी दिई छान बिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिनु हुन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक लि. हार्दिक अपिल सहीत विनम्र अनुरोध गर्दछ ।