आर्थिक

नक्सालमा डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्न QR Code बाट भुक्तानीको सुरुवात

१० पुस, काठमाडौँ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहलअन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा QR Code बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारका समन्वयमा आयोजित १० गतेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलपूmल तथा तरकारी खरिद गर्दा QR Code बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । यस तरकारी बजारमाअपवादबाहेक सम्पूर्ण पसलहरुमा QR Code बाट भुक्तानी गर्न सकिने छ ।
डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बंैकिङ्गको प्रयोगलार्इ बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने हामीले बुझेकाछौें । कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि Fonepay सञ्जाल अन्तर्गतका QR Code बाट भुक्तानी गरी डिजिटल बंैकिङ्गको अनुभव लिएका छ। डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क QR Code वितरण गरेको थियो ।त्यसैगरीVianet Communication द्वारानिःशुल्क Wi-Fi को व्यवस्था गरेको छ ।

खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्माहुने हुँदा QR Code बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।