१४ पुष, काठमाडौं । सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । प्रधानमन्त्री केपी ओली समूहमा रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई संविधाानन बमोजिम पदमुक्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन । नेकपा केन्द्रमा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । साथै बोहरालाई बर्खास्त गरेका मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव समुहका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।