सुदूरपश्चिम

सुप प्रदेशः भौतिक पूर्वाधार विकासमन्त्री बोहरा पदमुक्त

१४ पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गरेका छन् । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ ।
“अहिलेको राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको हो”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने,“अर्को पार्टीको केन्द्रीय सदस्य भइसकेपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेका छन् ।”

डडेलधुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुन सक्ने बताए । “मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ”, बोहराले भने,“आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ । ”