सुदूरपश्चिम

प्रतिनिधिसभा विघटनको विरोध संविधानको रक्षाका लागिः नेता रावल

१४ पुस, कैलाली / नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।
नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे । नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।”