लुम्बिनी

२४ घण्टामा बाँकेमा कोरोनाका कारण थप ३ जनाको मृत्यु

१५ पुष,काठमाडौं । गत २४ घण्टामा बाँकेमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति २ जना र १ जनाको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेका २ जना बाँकेका र १ जना बर्दियाका रहेका छन् ।

बाँकेका कोहलपुरका ७३ वर्षका पुरुषको उपचारका क्रममा गएराति साढे १० मृत्यु भएको छ । स्वास्थ्यमा गम्भिर समस्या आई पुष ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो ।

यस्तै बाँकेकै नेपालगञ्ज उपमहानगरपालीका २० का ६६ वर्षका पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य समस्या आई ७ गते शैनिक अस्पताल भर्ना भएका उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

यस्तै बर्दियाको ठाकुरबाबा नगरपालीका ९ का ८५ वर्षकी महिलाको उपचारका क्रममा गएराति साढे १० बजे बाँकेमै मृत्यु भएको हो ।

१२ गते अस्पताल भर्ना भएका उनमा सोहिदिन कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो समय कोरोना संक्रमीत हुने रमृतकको संख्यामा क्रमीत सुधार हुँदै गएको छ । भने सरकारले पनि पिसिआर परिक्षण ह्वात्तै घटाएको छ ।