१६ पुष, काठमाडौं । किशोरी बलात्कारको आरोपमा सल्यानमा दुई जना पक्राउ परेका छन् । सल्यानको सारदा नगरपालीकाकी एक १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुई जलना युवकलाई नियन्त्रणमा लिएको हाे ।
आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि जिल्लाको शारदा नगरपालिका ४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
आमाबुबाको संरक्षणमा नरहेकी ती किशोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन् । प्रहरीका अनुसार पीडित किशोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन् ।