१७ पुष, काठमाडौं । जनाता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारका बिभिन्न ६ कामलाई लिएर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले सरकारलाई बिभिन्न ६ आरोपल पत्र लेख्दै आसेपसेबिरुद्ध बोल्ने पक्राउ सबै चुप ? भन्दै प्रश्न गरेका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले आफ्नो आरोप पत्रमा प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद विघटन र चुनावको मिति घोषणा गरेको र चुनावी सरकारद्वारा मन्त्रीपरिषद विस्तारलाई लिएर कटाक्ष गरेका छन् ।
डा भट्टराईले संसदीय समिति नभएको वेला संवैधानिक नियुक्ति र एसएसपी हरुको डिआईजिमा बढुवा, निर्मला पन्त बलात्कार-हत्यामा बर्खास्त प्रहरी पुनर्बहाली गरेको प्रति दुःख व्यक्त गरेका छन् ।
साथै डा.भट्टराईले संसद अपहरणकारी आफ्नो आसे-पासेविरूद्ध बोल्नेलाई पक्राउ तर सबै चुपचाप भन्दै प्रश्न गरेका छन् ।
उनको ट्वीटः १ । संविधान मिचेर संसद विघटन र चुनावको मिति घोषणा २।चुनावी सरकारद्वारा मन्त्रीपरिषद विस्तार ३।संसदीय समिति नभएको वेला संवैधानिक नियुक्ति ४ । SSP हरूको DIG मा बढुवा ५ ।निर्मला बलात्कार-हत्यामा बर्खास्त प्रहरी पुनर्बहाली ६। संसद अपहरणकारी आफ्नो आसेपासेविरूद्ध बोल्नेलाई पक्राउ१तर सबै चुपचाप ?