१७ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अंग्रेजि नयाँ वर्ष २०२१ को शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नयाँ वर्षको शुभकाना व्यक्त गर्दै संबिधानै कुल्चने प्रतिगमनकारी बिद्या–ओली राजकोे छिट्टै अन्त्य सकियोस भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि चौतर्फि बिरोध भईरहेका बेलामा नेता गुरुङले यस्तो कामना गरेका छन् ।
साथै उनले अंग्रेजी नयाँ वर्ष २०२१ को आगमनसँगै संसारलाई नै बिचल्ली बनाइरहेको कोरोनाको संसारबाट छिट्टै अन्त्य होस् भन्ने कामना समेत गरेका छन् ।
उनको ट्वीटः अंग्रेजी नयाँ वर्ष २०२१ को आगमनसँगै संसारलाई नै बिचल्ली बनाइरहेको कोरोनाको संसारबाट छिट्टै अन्त्य होस् । संबिधानलाई नै कुल्चने प्रतिगमनकारी विद्या ओलीराजको नेपालबाट छिट्टै अन्त्य गर्न सकौं । शुभकामना !