समाचार

४०० ले उकालो लाग्यो सुनको मूल्य, पुग्याे ९४ हजार ५००

१७ पुस, काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० मा कारोवार भएको छ ।