कर्णाली प्रदेश

जङ्गल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

१७ पुस, मान्म / कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।
भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए । इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।