समाचार

दोस्रो जलवायु सम्मेलन सम्पन्न

१७ पुस, सिन्धुपाल्चोक । स्थानीय गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विसं २०७५ मा पहिलो राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडामा यस वर्ष दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तक्र्रिया गरिएको हो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको सम्मेलनमा जिसस महासङ्घका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले वातावरण प्रतिकूल हुनेखालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताए । उनले तीन वर्ष अगाडि जारी गरिएको घोषणापत्र कार्यान्वयनको लेखाजोखा नभएको जनाउँदै कार्यान्वयन नगर्ने भए वर्षैपिच्छे सम्मेलन गरिरहनाको औचित्य नरहेको बताए ।
जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गुफाडाँडालाई पर्यटकीयस्थल बनाउन जिससले काम गरिरहेको बताए । अन्तक्र्रिया कार्यक्रममा सहभागीले आफ्नो जीवन शैलीमा परिवर्तन गर्न सके जलवायु परिवर्तनका नकारात्मक असर जोगिन सक्ने प्रष्टाएका थिए ।