१७ पुस, काठमाडाैँ । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौ‘डा उपमहानगरपालिकावडा नं. १८मानयॉ एक्सटेन्सन काउन्टर संचालनमाल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन हेटौ‘डा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरे ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवाप्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।