१८ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको असंबैधानीक कदमको कडा रुपमा बिरोध जनाएकी छिन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ झाँक्रीले ओलीको संसद विघटन गर्ने असंबैधानीक कदमको जति निन्दा करेपनि कम हुने टिप्पणी गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपनि नेकपा दुई समुहमा बिभाजन भएको छ भने उनि दाहाल–नेपाल समुहमा छिन् ।
साथै नेतृ झाँकीले प्रधानमन्त्री तथा नेकपा ओली समुहका अध्यक्ष केपी ओलीले भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य भएको दाबी समेत गरेकी छिन् । उनले ओलीले हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य भएको भन्दै काम गर्न सकिन भनेर जाने संसदमा हो उनले भनिन् ।
साथै नेतृ झाँक्रीले संबिधानतः संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै नभएको भन्दै ओलीको उक्त असंबैधानीक कदमको जती निन्दा गरेपनि कम हुने बताएकी छिन् ।
उनको ट्वीटः भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो । काम गर्न सकिन भनेर जाने संसदमा हो । संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन । यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।