स्वास्थ्य

कोराेना संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम

१८ पुस, काठमाडौँ । समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाःखलः र किलाघः त्वामिसापुचःको संयुक्त आयोजनामा आज समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । यस कार्यक्रममा संलग्न रेडक्रस प्रतिनिधिका अनुसार कोभिड १९ को संक्रमण पश्चात बिद्यालयमा सम्पन्न भएको यो पहिलो रक्तदान कार्यक्रम हो ।उक्तकार्यक्रममा ७३ जना बिद्यार्थि, अभिभावक तथा स्थानियदाताहरूले रक्तदान गरेका थिए । समृद्धि स्कुलबालाजुको क्लब २५ काबिद्यार्थिहरूले व्यवस्थापन गरेको उक्तकार्यक्रममा रक्तदाताहरू तथा सहयोगी संस्थाहरूलाई समृद्धि स्कुलका सि.ई.ओ/ प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, चःमति नेवाःखलःका अध्यक्ष पुर्णकाजी ज्यापु लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त समाहरोहमा सि.ई.ओ /प्रिन्सीपल श्रेष्ठले,युवाहरूलाई स्वच्छ र स्वस्थ जिवनशैली अपनाई रक्तदानको माध्यमबाट मानव सेवा तथा जिवन दान गर्न सघाउने उद्देश्यले विश्व स्वास्थ संगठन (डब्लु.एच.ओ.) ले क्लब २५ को अवधारणा ल्याएको जानकारी बिद्यार्थि तथा स्वयं सेवकहरूलाई गराए।