१९ पुस, काठमाडौँ । नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे”जस्ताे भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकस“गसरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।
नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’वर्गको वाणिज्य बैंक हो,जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको छ । नबिलबैंक नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति यहाँहरूको विश्वासको लागि हार्दिक आभार व्यक्त गर्दछ।