२० पुस, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनुहुनेछ । साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक श्री बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।