२२ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजन भएको छ । ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल गरी दुई समुहमा नेकपा बाँडीएको छ ।
ओलीले संसद बिघटन गरेपछि दाहाल–नेपाल समुह ओलीसंग रुष्ठ छ । उक्त समुहको विद्यार्थी संगठनले आज खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ ।
ओलीले गरेको संसद बिघटनका बिरुद्ध दाहाल–नेपाल समुह निकट अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक भएको थियो ।
सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । साथै उक्त संगठनले संसद बिघटनका बिरुद्धमा मन्त्रीलाई कालोझण्डा, प्रधानमन्त्रीको पुत्ला दहनदेखी बिभिन्न संघर्षका कार्यक्रम मंगलबार सार्वजनिक गरेको थियो ।
प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले आज जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।