पु.समाचार

मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छः उपप्रम पोखरेल

२३ पुस, चौतारा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपां)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताए ।  ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।  कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गरे।