समाचार

सभासमक्ष दिगो विकास समितिको प्रतिवेदन पेश

२४ पुस, काठमाडौँ । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।