२४ असार, काठमाडौँ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफुल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्पmत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।आज मिति २०७७/०९/२४ गते शुक्रबारका दिन कालिमाटी फलफुल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलपूmल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरेको हो ।
समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाटसमग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलपूmल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए। कार्यक्रममा आप्mनो मन्तव्य राख्नुहुँदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनूले प्रभु बैंकलेसूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईूले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।
अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंकर सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवामार्पmत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलफुल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने सम्पूर्ण कृषक, कृषिजन्य उपजसँग सम्बन्धित व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।