२३ पुस, काठमाडौँ । समृद्धि स्कुलद्वारा आयोजितप्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगीतास्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्तप्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भागलिएको थियो ।
बजाजपल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनितहुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथासमृद्धि स्कुल/कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।
यस प्रतियोगीताको ब्वाइजमा बि.एम.के. “सी” टिम प्रथमभयो भने उप–बिजेतामा पनि बि.एम.के.कै“बी” टिम रहेको थियो । यस्तै गरी गल्र्समाआयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हात पार्न सफलभएको थियो । प्रतियोगीताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधिब्वाइजतर्पm बि.एम.के. “सी” टिमका सोनमप्रयाग शेर्पा तथागल्र्स तर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफलहुनु भएको थियो । फाइनल खेलको पश्चातविजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथाप्रिन्सीपल नरेश प्रसादश्रेष्ठ, नेपालको राष्ट्रिय महिलाबास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायत अन्य निर्देशकहरूले पनि मेडल, ट्र««फी र प्रमाणपत्रबितरण गरेका थिए । प्रतियोगीताको सम्पूर्ण संयोजन तथाव्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम)ले गरेको थियो ।
समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरूतथायस प्रतियोगीताबाट उठेको रकम समेत गरी दुई लाखनगद उक्तअवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।