समाचार

आज काठमाडौंका यी स्थानमा जाँदै छ ४ घण्टा बत्ती !

२५ पुष, काठमाडौं । आज काठमाडौंका बिभिन्न स्थानमा ४ घण्टा बत्ती जाँदै छ । काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यस अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो ।