संगम बिष्ट /२५ पौष, धरान । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नं १ प्रदेश सभा २ को आयोजनामा वराहक्षेत्रको भरौलमा बिरोध प्रद्बशनसंगै सभा आयोजना गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्यण बमोजिम एकै दिन देशमा ३ सय ३० वटै क्षेत्रिय प्रदेश सभामा बिरोध प्रदशन गर्ने निर्माण बमोजिम क्षेत्र नं १ को प्रदेश सभा २ ले शनिवार भरौलको कालाबञ्जरमा बिरोध र्याली र वाङ्गे बजारमा बिरोध सभा आयोजना गरेको हो ।र्यालीमा सहभागी संयौ कांग्रेसका कार्यक्रर्ताहरुले कम्युनिस्ट सरकारको बिरुद्धमा चर्को नाराबाजि समेत लगाएका थिए । सहभागीहरुले कम्युनिस्ट सरकारले संबिधानको बिरुद्धमा असैबिधानिक संदस बिगठन गरेको भन्दै नाराबाजि र केपि ओली सरकारसंगै कम्युनिस्ट सरकार बिरुद्ब नाराबाजि गरेका थिए ।
र्यालीपछि आयोजना भएको बिरोध सभामा बोल्दै प्रमुख बक्ता नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले कम्युनिस्टहरु ठग भएको आरोप लगाए । कम्युनिस्ट सरकार र कम्युनिस्ट पाटि दुबै ठगहरुका झुण्ड हुन् । गत निर्बाचनको समय कम्युनिस्ट अधिनायवादी हुन्छ भनेको कुरा पूरा हुदैछ । कम्युनिस्टका नेताहरुले नै कांग्रेसले त्यो बेला भनेका कुराहरुमा सहमति जनाई उनले दाबि गरे । उनले भन्ने कम्युनिस्टहरु वुख्याचा हुन् । तानाशाही, साम्यवादी हुन् । राणा, राजा, पञ्चायत बिरुद्ध लडेको पार्टि कांग्रेस अब कम्युनिस्ट बिरुद्ध लड्न तयार छ । कांग्रेस संवैधानिक व्यवस्थामा बिश्वास गर्छ । कांग्रेस लोकतान्त्रको पक्षमा लाग्छ । त्यहि भएर देशले कांग्रेसको नेतृत्व खोजेको छ। उनले भन्ने केपी ओलिले न्यायपालीकामा अङ्कुस लगाउन खोज्दैछन् । खवरदारीकालागि पनि यो हाम्रो आन्दोल हो । कांग्रेसले अदालतबाट फैसाला आए पछि अर्को निर्णय गर्ने बताउदै उन्नले कांग्रेसले लोकतान्त्रको अत्या हुन नदिने बताए ।
त्यस्तै जिल्ला सदस्य मादब घिमिङ्गले कम्युनिस्टको झुटो खोक्रो भाषणले जनता वाक्त दिक भएको बताए । भन्ने अर्का जिल्ला सदस्य दिपेशजंग बस्नेतले कम्युनिस्ट सरकारलाई हुतिहारा संज्ञा दिए । निर्मला पन्तको हत्यारालाइ कार्वाही गर्न नसक्ने कम्युनिस्ट सरकारले कांग्रेसको नेतृत्वमा बनेको सबिधानको बिरुद्ध धाबा बोलेको आरोप लगाए । उनले भन्ने प्रधानमन्त्री समेत भइसकेका कम्युनिस्ट नेताहरुको भाषण केटाकेटी पारो जस्तो हुन थालेको बताउदै इमानदार कम्युनिस्ट नेता, कार्यक्रर्ताहरुलाई कांग्रेसमा आउन आव्हान समेत गरे । उनले बर्तमान राष्ट्रपतिलाई पुर्ब राष्ट्रपति रामवरण यादवसंग टिउसन पढ्न आग्रह समेत गरे ।
त्यस्तै जिल्ला सदस्य राजदिप लामाले कम्युनिस्ट सरकारले संबिधानमो कु गरेको आरोप लगाए । उनले संबिधा पाना पल्टाउदै कहाँ नेर प्रधानमन्त्रीलाई संदस बिगठन गर्ने अधिकार दिएको छ भन्दै प्रतिप्रश्न गरे । उनले भने कम्युनिस्टलाई भोट दिने जनताले आज धिकार्ने गरेको बताउदै कांग्रेसले अदालतको निर्यण अनुसार अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रम बोल्दै नेपाली कांग्रेस धरानका सभापति तथा मेयर तिलक राईले संबिधानमै नभएको ब्यवस्था कर्तमान ओली सरकारले संदस बिगठन गरेर नाङ्गो नाज देखाएको आरोप लगाए । उनले जनताको अभिमत कम्युनिस्टलाई मादरमो हातमा नरिवल जसपतै भएको बताए । त्यस्तै नेपाली कांग्रेस वराहक्षेत्रका सभापति नारायण नेपालले कम्युनिस्ट पाटिबाट बृतिष्णा भएका इमानदार कम्युनिस्ट कार्यक्रतालाइ कांग्रेसमा आउन आग्रह गरे । भन्ने गत स्थानीय तहको निर्वाचनमा उप( मेयरकि प्रत्यासासी नेपाली कांग्रेसकि नेतृ पुजा धामीले कम्युनिस्ट सरकारले महिला, दलित, आदिबासि, मदेशी गरिबको अधिकारलाई कुन्ठित गरेको आरोप लगाइन ।
क्षेत्र नं १ प्रदेश सभा २ का सभापति मुरारी भण्डारीको सभाध्यक्षतामा सम्पन बिरोध सभामा कांग्रेस संयोजक नेपाली कांग्रेस बराहक्षेत्रका सह-संयोजक जगत कार्कीले स्वागत भाषण राख्दै केपि आलि मात्र नभई सिङ्गो कम्युनिस्ट पार्टीले देसलाई अस्थिर्ताको बाटो तिर लैगेको आरोप लगाएका थिए ।
क्षेत्र नं १ सचिव रमेस काफ्लेले संन्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य गोबिन्द्र बस्नेत, काशि चौधरी, गत निर्वाचनमा प्रदेश सभा सदस्यका उमेदवार बुद्धि बहादुर कट्वाल, महाधिवेशन प्रतिनिधि हमर बहादुर ठटाल, तरुण दल सुनसरी सदस्य संन्देश श्रेष्ठ, क्षेत्र नं १ उप–सभापति युवराज श्रेष्ठ, तरुण दल धरान सभापति हिमाल श्रेष्ठ, दलित संघ क्षेत्र १ सभापति उदय ठटाल, वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराई, कांग्रेस नेता आन्नद आचार्य लगाए अतिथि रहेका थिए ।







