आर्थिक

“मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न”

२५ पुुुस, काढमाडौँ । मुक्तिनाथ विकास बैंक लि. ले पौष २५ गतेका दिनपोखरामा चौधौंवार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु सहितआ.व. ०७६/०७७ को मुनाफाबाट सेयर धनीहरुलाई (४.२५७४प्रतिशत नगद लाभांस र ११.२५बोनस सेयर सहित) १५.५०७४प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमाजानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।
साथै, बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामाअध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्तप्रतिवेदन उपर प्रत्यक्षतथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त गरेमका थिए । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।