२६ पुस, काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा पौष २६ गते आइतबार नेपाल बङ्गलादेश बैंक लिमिटेडको सभाकक्ष, कमलादी, काठमाण्डौँबाट बिहान ११ः३० बजेदेखि ZOOM Webinar मार्पmत् भिडियो कन्फेरिन्सङद्वारा सम्पन्न भयो ।
बैंकको सञ्चालक समितिकाअध्यक्ष ए.आर.एम नजमुस शकिबले ZOOM Webinar मार्फत नै अध्यक्षता गर्नुभएको उक्तकार्यक्रममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपककार्की, कमरुननहर अहमदका साथै प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायत बैंकका उच्चपद स्थअधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट पाल्नुभएका अतिथिहरूको उपस्थिति रहेको थियो ।
बैंककाकम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्तापुँजीको झण्डै ५५प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्वहुने गरी २५ जना मात्र शेयरधनीको भौतिकउपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी शेयरधनीहरू श्इइः ध्भदष्लबचमार्पmत् जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए । उक्त साधारणसभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीयविवरणहरु पारित गर्नुका साथै बैंकका सहायककम्पनीहरू नेपालबंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीयविवरण पारित गरेको थियो । बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मा,ZOOM Webinar लाई पुनःनियुक्ति गरेको छ । आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमाकायम रहेको चूक्तापूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगदलाभांशमालाग्ने कर समेत गरी) का दरले नगदलाभांशवितरण गर्न स्वीकृतिदिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो । साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु¥याउने र जारी तथाचुक्तापुँजीमाबोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमाअध्यक्षको अनुमतिले बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जवाफदिएका थिए ।