२६ पौष, काठमाडौं । नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा २०७७ साल पौष २५ शनिवार एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”को अध्यक्षता, माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”ले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउदै मन्त्रिज्यूलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे ।
संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नु हुदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए ।
माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरे ।
उदघाट्न शत्रको समापन गर्दे वरिष्ठ उपाध्यक्ष सोम प्रसाद धितालज्यूले यथाशिघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको लागि जोड्दार माग गरे ।
करिव दुई घण्टा चलेको उद्घाटन सत्रपछि बन्द शत्र र निर्वाचन कार्यक्रम गरिएको थियो ।
२१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।
सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २÷२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।
उपस्थितहरुमा संघलाई हौसला प्रदान गर्न कार्यक्रममा सहभागि भई दिुन भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै निर्वाचन प्रजातान्त्रिक प्रकृया मात्र भएको र जो जसको प्रत्यासि रहेपनि आगमि दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघअगाडि वढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रंसाद धितालले बताए ।
नेपाल विज्ञापन संघ नवनिर्वाचित पदाधिकारिहरु कार्यकाल २०७७ –२०८० रहँदै अध्यक्षमा सोम प्रसाद धिताल, वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्घितिय उपाध्यक्ष पिताम्बर पोख्रेल“बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकजलाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरु साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेशपोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी विजय भएका छन् ।