आर्थिक

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

२७ पुस, काठमाडौँ । आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशम ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइरालाआई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् छ ।
अग्रणी एवं जीवन्तसेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथायसको मूल्यएवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन । हस्ताक्षर कार्यक्रममा संक्षिप्तमन्तब्यदिँदै नायिका कोइरालाले मानब जगतमा जीवनबीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशै भरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदाखुसि रहेको कुरा बताए । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले भने मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उनी ँदृढ विश्वासी, क्षमता वान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श छन्, जुन यो सहकार्यको भित्री अभि प्राय हो । आई.एम.ई. लाइफ परिवारमाउहाँलाई स्वागतगर्न पाउँदा हामी खुसी छौं । देश भरका जनताहरुमाजीवनबीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिएका छन् ।
त्यसैगरि डिजिटल प्रविधिमार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट ““IME साथ bot” नामबाट विश्वकाकुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमाजानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको कवि फुयाँलले जानकारी दिए ।