२७ पुस, गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा बिदाइ गर्दै उनले साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमश्रृङ्खलालाई पर्यटनसँग जोड्नुपर्ने बताए ।
गण्डकी प्रदेश हिमाश्रृङ्खलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उनले यिनीहरुको पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पु¥याउन सकिने बताए । कोरोना महामारीका कारण समग्र पर्यटनलाई प्रभाव पारेपनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा खुल्ला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारले नेपाल पर्वतारोहण सङ्घलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उनले त्यसमार्पmत प्राप्त हुने रोयल्टिलाई अन्य हिमालको प्रवद्र्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेपनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमाल आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताए ।
प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउँदै उनले पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताए । हिमालपारिको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसँगै कोरोनाको कारण सिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए । विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित टोलीले छ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्न लागिएको बताउँदै उनले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले शुरु गरेको व्यवसाय प्रवद्र्धन कोष अविलम्व कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशप्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबैको साथ र सहयोगको आवश्यक पर्नेमा जोड दिँदै त्यसका लागि बोर्ड आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका– १७ रातोपैह्रास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागी टोलीलाई राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गरेका थिए ।
आरोहण टोली आज मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाइको याकखर्कको फेदी हुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालीममा सहभागी हुनेछन् भने माघ ३ गते शनिबार मनोरम हिमाल धम्पुस आरोहण गर्ने कार्यक्रम रहेको छ । आठ दिनको उक्त आरोहण कार्यक्रमअन्तर्गत कूल २६ जनाको टोलीमध्ये दुई महिलासहित नौ जना व्यवसायी र एक जना सञ्चारकर्मी गरी १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ ।