२८ पुस, काठमाडौँ । नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको २७ औँ वार्षिक साधारणसभा पौष २८ गते (तदनुसार १२ जनवरी, २०२१)त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत)पारित ग¥यो ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनश शेयर र ३.४७ प्रतिशत नगद लाभांश)वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत(Consolidated)वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०७७/७८मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।