आर्थिक

दुई सञ्चालक नियुक्तसंगै पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

१ माघ, काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्नभएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारण सभाले एक जन संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालकनियुक्त गरेको छ ।

सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तआ.व. २०७५/०७६ को नाफा नोक्सानहिसाब, सोहि अवधिको नगदप्रवाहविवरण र सोहीअवधिको वित्तीयविवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

उक्त साधारण सभाले आ.व. २०७६/०७७मा लेखा परिक्षण कार्य गर्नका लागि साविककाश्यामकार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकोले पुनःनियुक्तगर्ने तथानिजको पारिश्रमिकतोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागतलगानीकर्ताबाट डा. डिल्लिराजअर्याल तथानियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिकउत्तरदायित्वअन्तरगतकाखर्च गरिएको रकमलाई अनुमोदन गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वानियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्तभएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्ने प्रस्ताव समेत पारित गरेको छ ।