१ माघ, काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिनसम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदनपारित गरेको छ ।
यससाधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक श्री रमेश कुमार निरौला, श्री मन बहादुर राई रश्री रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।