गण्डकी प्रदेश

गण्डकीमा ४७ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

१ माघ, गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
प्रदेशमा हालसम्म १४ हजार २९२ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ५९९ जना छन् । हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेका सङ्ख्या १९७ पुगेको निर्देशनालयले जनाएको छ ।