२ माघ, काठमाडौं । माघ महीनाको पहिलो दिन बिहिबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले साे दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोनाभाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए ।

कोरोना संक्रमणका बीच अन्य बर्षको तुलनामा केहि फितलो भएपनि माघि पर्व हर्षाेल्लासका साथ मनाईएको छ । चौधरि समुदायले पनि आफ्नो परम्परा अनुसार माघि पर्व मनाएका छन् ।
