आर्थिक

सानिमा बैंक ललितपूरको महालक्ष्मी इमाडोलमा

२ माघ, काठमाडौँ । सानिमा बैंक लिमिटेडले माघ २ गते ललितपूरको महालक्ष्मीमा इमाडोल नजिकै, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।उक्त कार्यालयको समुद्घाटन्ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भएको हो ।

समुद्घाटन् समारोहमा मह जोडीले महा लक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसै गरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।