आर्थिक

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबीवार्मर प्रदान

 २ माघ, काठमाडौँ । ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई माघ २ गते शुक्रबारको दिन एक थान बेबीवार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा सोबेबीवार्मर प्रदान गरेको हो  । बेबीवार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुखविशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोकनारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेललाई सोबेबीवार्म र औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मरबाट मध्यबिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन साथै शिशुमृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ । सोहि कार्यक्रमको अवसरमा पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताललाई प्रदान गरिएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडीएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।बैंकले १२ औं वार्षिकोत्सवको अवसरमाडा महाविर पुन द्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानोनानीू बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंचन पुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्नेसहकार्यका लागि८ लाख प्रदान गरेको थियो।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटाब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४५ अर्ब८५ करोड निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।