आर्थिक

राष्ट्र बैंक गभर्नरद्वारा CORPORATEPAY प्रणालीको सुरूवात

३ माघ, काठमाडौं / नेपाल क्लियरिङ्ख हाउस लिमिटेड (एनसीएचएल) ले आज अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि CORPORTEPAY प्रणालीको सुरूवात गरेको छ । यस प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीद्वारा गरिएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरू डेप्यूटी गभर्नर चिन्ता मणी सिवाकोटी, शिव राजश्रेष्ठ, कार्यकारी निर्देशक भुवन कँडेल, देवकुमार ढकाल, सम्बन्धित संघहरुका अध्यक्षहरु भुवनकुमार दाहाल, सरोज काजीतुलाधर, वाणिज्य बैंक, विकास बैंक तथा वित्तिय कम्पनीहरुका प्रमुखकार्यकारी अधिकृतहरू, एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिंग विभागका कार्यकारी निर्देशक, नरेश शाक्य र एनसीएचएलका संचालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

CORPORTEPAY प्रणाली बैंक/वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो । यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगदवाचेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।यी भुक्तानीहरू connectIPS मार्फत Real-time मा तथा NCHL-IPS मार्फत Non-real-time मा हुनेछन्।

यस प्रणालीमार्फत अन्तरबैंक र सोहीद बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ । CORPORATEPAY सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरीएक पटक स्विकृती प्राप्त गर्नु पर्ने हुन्छ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमाकारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रेहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी multi-layer authentication को सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

नेपाल राष्ट्र बैंकको हालको नेतृत्वले डिजिटल भुक्तानीको क्षेत्रलाई उकास्न र यसको पहँुच र उपयोगिता बढाउन विशेष पहलकदमी भूमिका खेल्दै आएको छ । CORPORATEPAY प्रणालीको समुद्घाटन कार्यक्रममा बोल्नु हुँदै गभर्नर माहा प्रसाद अधिकारीले आफ्नो धारणा राख्नु हुँदै भने “नेपाल राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट ईलेक्ट्रोनिक चेक हुँदै नगद रहित डिजिटल प्रणाली कार्यान्वयन गर्न एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतीलाई आजको यस CORPORATEPAY प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएका छौँ । CORPORATEPAY प्रणाली मार्फत बैंक वित्तिय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगीनगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने छ ”

COPORATEPAY प्रणालीको सफल कार्यान्वयन गरी व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्ने कार्यमा एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिंग विभागका कार्यकारी निर्देशक, नरेश शाक्यज्यूको पनिविशेष योगदान रहेको छ । कार्यक्रममा बोल्दै शाक्यले भने “एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS / NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । अब CORPORATEPAY प्रणालीको सुरुवात पछि सदस्य बैंक वित्तिय संस्थाहरुले आफ्नो साना तथा मझौला व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीमा जोड्न मद्दत पुर्याउनेछ । यसले नगद रहितकारोबारलाई प्रोत्साहनगरी डिजिटल कारोबारको संख्या र रकम वृद्धी गर्न मद्दत गर्नेछ । एनसीएचएलको पुन र्लगानीको नीति तथा भुक्तानी पूर्वाधार विकासमा हाम्रो प्रतिबद्धता बमोजिम COPORATEPAY प्रणाली पनि बैंक वित्तिय संस्थाहरुक्रो थप लागत बिना नै उपलब्ध गराइएको छ ।”

COPORATEPAY प्रणालीमा हाल २० भन्दा बढी बैंक वित्तिय संस्थाहरुले आबद्ध भइसकेका छन्, भने अन्यबाट ग्राहकहरुलाई सेवा प्रदान गर्न आवश्यक पहल पनि भइरहेको छ । एनसीएचएलले उक्त प्रणालीको विस्तारको लागि आफ्ना सदस्य बैंक वित्तिय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्दै आएको छ । नेपाल राष्ट्र बैंक तथा सदस्य बैंक वित्तिय संस्थाहरुको सहयोग मार्फत यस प्रणालीले डिजिटल भुक्तानीको क्षेत्र थप सुदृढ हुने विश्वास गरिएको छ ।