आर्थिक

एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

४ माघ, काठमाडौँ । माघ ४ गते आईतबार एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिकाअध्यक्ष कपिल ढकाल को सभापतित्वमा सम्पन्न भएको छ । सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्तआवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।
यसका साथै एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीचभएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसै गरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधनगर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मत रुपमा साधारण सभालेपारित गरेको छ ।
त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचितभई संचालक पदमा नियुक्त भएका छन् ।
यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाभएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा सहितहाल १२० शाखा कार्यालयहरुबाट करिव ४७हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवा ग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथउत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।