समाचार

हिटरबाट आगालागी हुँदा काठमाडौंको कलंकीस्थित खड्का गाउँमा एक जनाको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको हो ।

उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए । त्यस क्रममा विद्युत सर्ट भएर आगलागी भएको हो । आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ ।