आर्थिक

ग्लोबल आइएमई बैंकद्वारा ललितपुरको नख्खु क्षेत्रमा क्यूआरमार्फत नगद रहितकारोबार प्रवद्र्धन कार्यक्रम

९ माघ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद रहितकारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नगद रहितकारोवार प्रवद्र्धन तथावित्तीय साक्षरताविस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमकानगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन काकार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सनतथा राजश्व संकलन काउण्टर, २४० एटिएम, २४४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय(अष्टे«लिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।