९ पौष, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी गाउँ पालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगती तर्फ लगेकोले अब राप्रपालाई बिकल्पको रुपमा स्थापित गर्नुपर्ने आबश्यकता औल्याए। गौरबशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए । राप्रपा राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भुमिकामा मात्र राजसंस्था रहने बताए । फरक बिचार सहितको राष्ट्रबादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुकुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने बिचार ब्यक्त गरे। भ्रस्टाचार, धर्म परिबर्तन, सर्बसत्ताबाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र बिचार अट्ने राज्य प्रणाली आबश्यक भएको बताए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएको, भ्रस्टाचार र भ्रस्टाचारिलाई संरक्षण राज्य बाटै भएको भन्दै राज्य ब्यबस्था परिबर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।कार्यक्रममा रामहरी न्यौपाने, खिल चौलागाईं, गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम,जयराम तिमल्सिना लगायतले बोलेका थिए।