९ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) तथाआईएमईपे, खल्ती, प्रभुपे र नेपालपेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ। यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलनगर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको National Payments Interface (NPI) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंककातर्फबाट उपकार्यकारी अधिकृतदेवेश प्रसाद लोहनी, एनसीएचएलकाप्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीकातर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुमलामा र नेपाल पेटाईमकातर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पीएसपीहरुमार्फत् पनि सरकारी राजस्व संकलनगर्न अनुमतिप्रदानगरिएको हो रआजको यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरु बीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तर आबद्घता स्थापित गरेको छ । यसले सरकारको डिजिटलाई जेसनको पहललाई थप टेवापुर्याउँदै राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रवद्र्घन गर्ने विश्वास गरिएको छ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।