१० माघ, काठमाडौं । काभ्रेको बनेपामा आज बिहान फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
बनेपा नगरपालिका ६ बुडोलमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
उनका अनुसार शंकास्पद बस्तु भेटिएपछि बम हुन सक्ने आशंकामा सेनाको टोलीलाई बोलाइएको थियो । अनुसन्धानको क्रममा प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोज गरिएको एसपी खत्रीले बताएका छन् ।
यस्तै विपि राजमार्गको मंगलटार नजिक आज बिहान विष्फोट भएको छ । एसपी खत्रीले उक्त घटनाबारे पनि अनुसधान्धान भइरहेको बताए ।
घटनामा मानवीय क्षति नभएको उनले बताए । आज नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको छ