समाचार

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

११ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेक बुकमोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कानगरि पैसा झिक्नमिल्ने “स्मार्ट टेलर”को सुरुवातगरेको छ । हाललाईयो सुविधा लाजिम्पाट शाखाबाटमात्रउपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखाकार्यालयहरुबाट यो सुविधाउपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्म साथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।