१५ माघ, काठमाडौँ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैक र नेपाल महिला उद्यमी महासंघ (FWEAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याजअनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदानगर्ने सम्झौता गरेको छ ।
यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पु¥याउनेछ । यसका साथै तीउद्यमीहरुले FWEAN बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।
श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुबित्त, नबिल बैंक र श्रीमती रीतासिम्हा, अध्यक्ष,FWEAN ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमाबोल्दै निरज कुमार बस्नेत (डनिल)ले भने“नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिकप्रोत्साहितगर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाकालागि आवश्यक सीप विकास गर्न सजिलै वित्तियपह“ुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ। हामीलेँFWEAN को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋण कर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ।FWEANका सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ।”
त्यस्तै FWEANअध्यक्ष सुश्री रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिताबिनाशान्ति, समृद्धि, प्रगतिहुन सक्दैन । महिलाउद्यमीलाई वित्तियपहु“चका माध्यमबाट सहयोग गरेको माहामीन बिल बैंक प्रति कृतज्ञ छौं ।”
नबिल बैंकको बारेमा
नबिलबैंकलेआÏनो देशभर ११९ वटा शाखाकार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहितविभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवाप्रवाहगरिरहेको छ.। एक उच्चप्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ,नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवावितरणको लागिलक्षित छ।
FWEAN काे बारेमा
FWEAN गैर नाफामुलक संस्था, देशको आर्थिक प्रगतिमामहिलाउद्यमीहरूको सामूहिकप्रयासहरूको प्रतिनिधित्वगर्ने लक्ष्य राख्दछ FWEAN नेपाल महिला उद्यमी संघको केन्द्रीय निकाय हो र यसको बोर्डमा २७ सदस्य छन । महासंघले अन्ततःमहिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक बृद्धि र गरिबीनिवारणको योगदानलाई सामाजिकआर्थिक क्षेत्रमा सबै तहमामहिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको छ।अहिले सम्मँ FWEAN काे २५०० भन्दा बढी सदस्यता छ।