राजनीति

कोरोना काल नसकिएकोले आन्दोलनमा सचेत रहेर भाग लिन डा कोईरालाको कार्यकर्तालाई निर्देशन

१५ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले पार्टी कार्यकर्ताहरुलाई नेता स्वागत गर्दा ठ्रला माला नलगाईदिन र कोरोनाबाट अझै सचेत रहन आग्रह गरेका छन् ।
डा कोईरालाले ट्वीट गर्दै अझै पनि कोरोनाको जोखिम नसकिएकाले उक्त जोखिमबाट बच्न माक्स, स्यानिटाईजर प्रयोग गर्न आग्रह गर्दै सार्बाजनिक रुपमा आग्रह गरेका हुन् । नेपाली काँग्रेसले तीन वटा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको अवस्थामा स्वास्थ्य बिशेषज्ञसमेत रहेका डा कोईरालाले नेता कार्यकर्तालाई कोरोनाबाट सचेत रहन सुभाmव दिएक हुन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं। जोखिमकै बिचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरु गर्नुपर्ने अवस्था छ। कार्यक्रममा सबैले अनिवार्य रुपमा मास्क लगाउँन तथा स्वागत स्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु।’